काठमाण्डौ । बिहीवार प्रिओपन सेसनमा नेप्से २ अङ्क भन्दा धेरैले बढेको छ । योसँगै २१९६ विन्दुमा नेप्से पुगेको छ ।
मंगलबार नेप्से सामान्य अङ्कले घटेको थियो । आज यो सेसनमा २० कम्पनीको शेयर किनबेच भएको छ भने १६ कम्पनीको शेयर मूल्य बढेको छ । कुमार बैंकको सर्वाधिक कारोबार हुँदा आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।
बैंक र वित्त तर्फ लगानीकर्ताको आकर्षित भएको देखिन्छ ।