धितोपत्र बोर्डमा आईपीओको चाङ,भगवती हाइड्रोले पनि प्राथमिक शेयर निष्कासन गर्ने

काठमाण्डौ । विगत ५ महिना देखि प्राथमिक शेयर निष्कासन रोकिएको छ । यसै विच ६ अर्व भन्दा धेरै कम्पनीहरुको आईपीओ निष्कासन गर्ने प्रक्रियामा रहेका छन । नियामक निकाय धितोपत्र बोर्डमा प्रमुख नहुँदा अहिले सम्पुर्ण काम रोकिएका छन । 

यसै विच भगवती जलविद्युत विकास कम्पनीले आईपीओ निष्कासनको लागि प्रक्रिया सुरु गरेको छ । साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका १४ लाख ३० हजार १६२ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीले बाँकी प्रक्रिया पुरा गरेर चाँडै प्राथमिक शेयर निष्कासन गर्ने  बताएको छ । 
 

प्रतिक्रिया