काठमाडौं - दुई दिन लगातार घटेको शेयर बजारमा बुधबार प्रि ओपन सेसनमा ३.६० अंकले बढेको छ । यो सँगै समग्र बजार १९२४ बिन्दुमा पुगेको छ ।
११ कम्पनीको १ लाख २१ हजार माथिको शेयर किनबेच हुँदा १ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको यथावत रहेको छ ।
आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढ्दा महिला लघुवित्तको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ ।