२५ जलविद्युत कम्पनीलाई तत्काल आइपीओ निष्कासन अनुमति देऊ

काठमाडौं - प्राथमिक शेयरको निष्कासन अनुमति पर्खाइमा रहेका २५ जलविद्युत कम्पनीको आइपीओ अनुमति तत्काल दिन धितोपत्र वोर्डसँग अनुरोध गरेको छ । 

पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुलाई आइपीओको तत्काल अनुमति दिन लिखित माग लिएर इप्पानका प्रतिनिधि बोर्ड पुगेका हुन । यो संस्था जलविद्युत परियोजना सँग सम्बन्धित छाता संगठन हो । 

उनीहरुले आइपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको र निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको पनि अध्यक्ष हमाललाई जानकारी गराए । आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको 

ईप्पान र उर्जा उद्यमीहरुको धारणा सुनेपछि सेवनका नवनियुक्त अध्यक्ष हमालले सेबन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकाल कार्यक्षमता पूर्णरूपमा प्रयोग गर्ने बताउँदै जलबिद्युत क्षेत्रको ईपीओको समस्या तत्काल समाधान गर्ने पनि प्रतिबद्धता जनाए । पुँजीबजारको बिकास, बिस्तार र बिस्वानियताका लागि जलबिद्युत क्षेत्रको साथ र सहयोग आवश्यक हुने भन्दै उनले यो क्षेत्रको निरन्तर सहयोग आग्रहसमेत गरे ।

प्रतिक्रिया