शिखर इन्स्योरेन्सका लगानीकर्ताको हात रित्तो हुने

काठमाण्डौ । जेठ १७ गते साधारण सभा गरेको शिखर इन्स्योरेन्सले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई बोनस नदिने भएको छ ।  १७ गतेको बैठकले योहि निर्णय गरेको हो । 


कम्पनीले ३० प्रतिशत हकप्रद बाँडफाँट तथा सूचीकरण पश्चात चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ हुनेछ । समितिको निर्देशन अनुसार कम्पनीले तोकिएको समयमा न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

कम्पनीले २०७९ चैत भित्र समितिको तोकेको चुक्ता पूँजी पुर्याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिकाको अध्ययन गरी कम्पनीको व्यवसाय अनुकुल आवश्यक चुक्ता पूँजी सम्बन्धी निर्णय गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले व्यवसायिक रणनीति अनुरुप अन्य कम्पनीसँग गाभ्नेरगाभिने वा प्राप्ति गर्ने वातावरण सृजना भएमा त्यसप पश्चात कायम हुने चुक्ता पूँजीको सम्बन्धमा समेत आवश्यक अध्ययन तथा विश्लेषण गरी निर्णय गरिने कम्पनीले जनाएको छ ।

समितिले ताकेको २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भने समयमै पुर्याउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय