आठ विकास बैंकद्वारा नाफा सार्वजनिक, कुन बैंकको कति नाफा ?


काठमाडौं–विकास बैंकले धमाधम आफ्नो नाफा सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा राष्ट्रियस्तरका ८ विकास बैंकले ३ अर्ब बढी नाफा कमाएका छन् । विकास बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।


बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा सर्वाधिक नाफा बढाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक परेको छ । बैंकले बैंकले ५८.८७ प्रतिशतले नाफा बढाएको छ । बैंकले २६ करोड १८ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको यसै अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।


त्यसैगरी, लुम्बिनी विकास बैंकको नाफा ३४.३१ प्रतिशत, महालक्ष्मी विकास बैंकको नाफा ३१.५५ प्रतिशत, गरिमा विकास बैंकको नाफा २५.२५ प्रतिशत र ज्योति विकास बैंकको नाफा १२.५७ प्रतिशतले बढेको छ । लुम्बिनी विकास बैंकले ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । महालक्ष्मी विकास बैंकले पुष मसान्तसम्म ४५ करोड ६२ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ ।


गरिमा विकास बैंकले ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ, ज्योति विकास बैंकले ३४ करोड ४० लाख १६ हजार रुपैयाँ नाफा कमाएका छन् । विवरणअनुसार दुई विकास बैंकको नाफा घटेको छ । कामना सेवा विकास बैंक र मुक्तिनाथ विकास बैंकको नाफा घटेको हो । कामना सेवा विकास बैंकको नाफा ११.८९ प्रतिशतले घटेर ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको यसै अवधिमा बैंकको नाफा ३९ करोड ४७ हजार रुपैयाँ थियो ।


यस्तै, मुक्तिनाथ विकास बैंकको नाफा २.१४ प्रतिशतले घटेको छ । बैंकले यस अवधिमा ६० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा बैंकले ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । प्रकाशित वित्तीय विवरणअनुसार यस अवधिमा आठ बैंकहरुले ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका हुन् । 
गत आवको यसै अवधिको तुलनामा बैंकहरुले ४६ करोड २२ लाख ६३ हजार रुपैयाँले नाफा बढाएका हुन् । गत आवको यसै अवधिमा बैंकहरुले २ अर्ब ७३ करोड ९४ लाख ८१ हजार रुपैयाँ नाफा कमाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय