संक्रमित र ज्यान गुमाउनेको संख्या बढ्यो,यस्तो छ पछिल्लो २४ घण्टाको अपडेट

काठमाडौं - नेपालमा कोरोना संक्रमण उकालो लाग्दै गएको देखिएको छ । 

पछिल्लो २४ घण्टामा देशभर ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ति मार्फत सो कुरा जनाएको हो । 

पीसीआर परीक्षणमा २६३४ जना र एन्टिजेन १२०६ परीक्षणमा जनामा संक्रमण देखिएको पौडेलले बताउनु भयो । 

हालसम्म पीसीआर विधिबाट ६ लाख ८८ हजार ३०७ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनबाट गरिएको परीक्षणमा ५८ हजार ३५० कोरोना पुष्टि भएको छ । 

२४ घण्टामा १० हजार ८८६ पीसीआर परीक्षण गरिएकाे छ भने एन्टिजेन परीक्षणको संख्या ४ हजार ९२२रहेको छ ।

प्रवक्ता पौडेलका अनुसार२४ घण्टामा १९९३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७४ छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ छ । 

२४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको स‌ंख्या ९ हजार ७७१ पुगेको छ ।

प्रतिक्रिया