पोर्चुगल र इङ्ल्यान्ड विश्वकप दौडबाट बाहिरिए

काठमाडौं - इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल थप्यो भने त्यसपछि दुबै पक्षबाट थप गोल हुन नसकेपछि खेल फ्रान्सको पक्षमा हुन पुग्यो । 

खेलको १७ औं मिनेटमा फ्रान्सका लागि औरिलियनले अग्रता लिएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए । तर, ७८ औं मिनेटमा फ्रान्सका ओलीभरले गोल गरेर टीमलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि इङ्ग्याल्यान्डले पेनाल्टीको अवसर पाएपनि ह्यारी केनले मिस गर्न पुगे । पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय