काठमाण्डौ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको बजारलाई लक्षित गर्दै विश्लेषकहरूले आफ्नो विभिन्न धारणा सार्वजनिक गर्ने गरेका छन । अधिकांश लगानीकर्ताहरूले यो समय आत्तिएर शेयर बेच्ने भन्दा शेयर किन्ने बेला भएको बताउँदै आएका छन ।
यसैबीच धेरै लगानीकर्ताबीच चर्चित लगानीकर्ता शिव चन्द्रले घट्दो बजारमा ठूला साना लगानीकर्ताको लागि राम्रो अवसर भएको बताएका छन । उनले आफ्नो सामाजिक सञ्जालमा शेयर बजारसँग सम्बन्धित आफ्नो धारणा राख्दै आएका छन । उनले लेखेका छन् लगानीकर्ताको लागि बढ्दो बजार राम्रो अवसर हो भने घट्दो बजार झनै ठुलो अवसर हो। चुरो कुरा चाहिँ बजार बढ्दा र घट्दा म कहाँनेर चुकेँ भन्ने ठम्याउन नसक्नु नै मुख्य विचलन हो ।