चुनाव समयमै गर्ने गठबन्धनको निर्णय,शेयर लगानीकर्ता उत्साहित

काठमाडौं - सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ । 

शनिबार दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले यस्तो सुझाव दिएको बैठकपछि काँग्रेस नेता तथा सञ्चारतथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ । ‘स्थानीय तहको निर्वाचन जेठ महिनिाभित्र गर्न सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ’, कार्कीले भने, ‘संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको छ ।’

यता लगानीकर्ताहरु भने समयमै निर्वाचन हुने खबरले उत्साहित भएका छन् । यो हप्ता बजार घट्नुमा चुनाव सर्ने हल्ला पनि प्रमुख भएको धेरैको बुझाई थियो । 

चुनावको समयमा शेयर बजारमा पनि चलपहल बढ्ने गरेको विगतले देखाउँछ । 

प्रतिक्रिया