नयाँ वर्षको दोस्रो आईपीओ आँउदो ११ गतेदेखि खुल्ने तर सबैले आवेदन दिन नपाइने

काठमाडौं। गत वर्ष दुई दर्जन कम्पनीहरुले प्राथामिक शेयर निष्कासनको अनुमती पाएसँगै धमाधम आवेदन खुला गरिरहेका छन । नयाँ वर्षको भोलिपल्ट नै आईपीओमा आवेदन खुलेको छ भने यहि आँउदो ११ गते पनि नयाँ कम्पनीले शेयर बिक्री खुल्ला गर्ने भएको छ । 

आईपीओ निष्कासन गर्न लागेको कम्पनी हो बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी । कम्पनीले वैशाख ११ गतेबाट साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले प्रभावित बासिन्दालाई शेयर जारी गर्न लागेको हो।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका सेयर जारी पुँजीको १० प्रतिशत प्रभावित बासिन्दालाई दिन लागेको हो। स्थानीयले वैशाख २५ गतेसम्म आवेदन दिनु पर्ने छ।

एक अर्ब जारी पुँजी भएको कम्पनीले १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर स्थानीयलाई दिने छ। आयोजना लमजुङ जिल्लामा छ। 

स्थानीयलाई सेयर बिक्री गरेपछि कम्पनीले आम सर्वसाधारणलाई सेयर बिक्री गर्ने छ। स्थानीयले कम्तिमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन्।

प्रतिक्रिया