धेरैको ज्यान बचाएकी निशालाई डाक्टरले भने बचाउन सकेनन्

काठमाडौं - थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ । 

गत शनिबार (पुस ३ गते) ड्युटी सकेर घर फर्कदै गर्दा ललितपुरको इमाडोलमा स्कुटर दुर्घटना हुँदा सुब्बा गम्भिर घाइते हुनुभएको थियो ।

दुर्घटना लगत्तै उहाँलाई बीएण्डबी अस्पताल पुर्याइएको थियो । फुपु विमान लिम्बुका अनुसार विएण्डबी अस्पतालको आइसियुमा उपचारका क्रममा आज विहान सुब्बाको निधन भएको हो ।

स्थायी घर झापा भद्रपुर रहेको सुब्बा विगत ८ वर्षदेखि प्रसुती अस्पतालमा न्यु पोष्टअप वार्डमा कार्यरत हुनुहुन्थ्यो ।  

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय