काठमाण्डौ । साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेर बजार बन्द भएको छ । अघिल्लो साता कारोबार भएका अधिकांश दिन बढेको बजार यो साता भने ठिन उल्टो धेरै दिन घटेको छ ।
आज नेप्से २२ अंक भन्दा धेरैले घटेर समग्र बजार २०९४ विन्दुमा आएको छ । नेप्से सँगै कारोबार रकम पनि घटेर २ अर्बमा झरेको छ । राजनीतिक समिकरणमा फेरबदल आउने संकेत आएसँगै शेयर बजार ओरालो लागेको कतिपयको भनाइ छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९करोड ६४ लाख १९ हजार रुपैयाँको कारोबार भएकोछ ।
बिहिबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०।४४ प्रतिशच, विकास बैंक समूहको १।७६ प्रतिशत, फाइनान्स समूहको १।७६ प्रतिशत, हाइड्रोपावर समूहको २।०६ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो ।