काठमाडौं । आज भने नेप्से परिसूचक ३४.२१ अकंले घटेर २२००.८८ बिन्दमा बन्द भएको छ । शुक्रबार कारोबार खोलेको दिन नेप्से १५.८२ अकंले घटेर २२३५.०९ बिन्दमा भन्द भएको थियो ।
आज पूँजी बजारमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ रुपैयाँको कारोबार हुदाँ १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने नेप्सेमा सूचीकृत २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच हुदाँ कारोबार भने ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँमा सिमित भएको थियो ।
आज नेप्सेमा भारी गिरावट आउदा सबै सूचकमा राताम्य छाएको छ । सोमबार बैंकिङ समूहको १.१६ प्रतिशत, ब्यापार समूहको १.१३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.४४ प्रतिशत, विकास बैंक समूहको १.९७ प्रतिशत, हाइड्रोपावर समूहको २.०८ प्रतिशत, फाइनान्स समूहको २.०४ प्रतिशत, निर्जीवन बीमा समूहको १.७२ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १ं३५ प्रतिशत, अन्य समूहको ०.२४ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.८४ प्रतिशत, जीवन बीमा समूहको २.६२ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.९२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.०१ प्रतिशतले शेयर मूल्य घटेको हो ।