एक लगानीकर्ताको सेबोनलाई खुल्ला पत्र

श्रीमान अध्यक्ष ज्यु

नेपाल धितोपत्र बोर्ड,

बिषय : शेयरको मूल्य तल झार्दिन बारे वा हावादारी निबेदनको खन्डन गर्न बारे ।

महोदय, उपरोक्त सम्बन्धमा, म फेसबुक लगायत बिभिन्न सोसियल प्लाटफर्ममा नक्कली नामसहितको ५० ओटा मेसेन्जर ग्रुपमा छु ।

हरेक ग्रुपमा २५० जना छन, पैले एडमिनले टन्नै शेयर उठायर अनि सबै ग्रुपमा यो उठाउनु भनेर भनिन्छ सोझा र नया लगानीकर्ता सहित चतुरसाथीहरु भयको ती ग्रुपहरुबाट टन्नै शेयर उठेपछि मार्केटमा मोमेन्टम देखिन्छ, भोलुम बढ्छ, धर्केसाथीहरु पनि धर्को तान्दै किनौ भन्नू हुन्छ तेहि मौकामा यी ग्रुपका साथीहरुले ३०-५०% प्रोफिट लियर निस्कन्छन, अब कोको ट्र्यापमा परे तेस्को मतलब कसैलाई हुँदैन, ऐले त भाईबर, ह्वाट्सप, टेलिग्राममा पनि हजारौ हजारौको ग्रुप छन, यो किन भने पछि आँखा चिम्लेर किन्नेको सन्ख्या बढेको छ, मज्जा आईराको छ, ठुलाबडा भन्दा ऐले यस्ता प्याटफर्म सन्चालन गर्नेले राम्रो कमाको छन, अब २८०० मा चन्द्रागीरीकिन्ने, ७२५ मा निफ्रा किन्नेहरुलाई देख्दा दया पनि लाग्छ भने ६० देखि १०० मा हाईड्रो बेच्नेहरु संग माया पनि लाग्छ ।

कानुनी राज्य भयपो डराउनु, नियामकहरु आफै करडौ हसुल्दै आँखा चिम्म गर्दैछन, भस्ट्रचार र खुरापातमा चुर्लुम्म छन, सिमित तप्का बाट संचालित पत्रकार र पत्रकारको भाडो युटुबेहरु (कुनै राम्रा नि छन ) ले यो किन र त्यो किन भनेर खुलेआम भन्दा नियामकलाई रतन्दो लागेको भान हुन्छ, २-४ दिनमा राईट वा बोनसको न्युज आउदै छ भने ती कम्पनीहरु दूध उम्लिय जसरी उम्लायर मान्छे फसाउनु आम कुरा भैसकेको छ । मार्केट बढ्दा फाईदा लिने र घट्न थालेपछि आन्दोलन गर्नेको जमात पनि ठुलै छ यहाँ ।

 खुलमखुला यो किन, यति पुग्छ भनेर संजालबाट लाईभ भन्नेहरुलाई उल्टै दक्षिणा दियर बसेको छ नियामकनिकायहरु, हुन त अस्तिरता र सक्रमण अबस्थामा रहेको देश, जनता र सरकार सबै बाट के राम्रो अपेक्षा गर्नु । सिमित बर्गको स्वार्थको लागि जस्ले जे लेखेर दियपनी धितोपत्र बोर्ड वा अझ जिम्मेबार निकायहरु लाटोले पापा हेरेझै गर्नु अनौठो त लागेन तर पनि नैतिकता र बिधि अनि कानुन हुन्छ भन्ने चाई लाग्छ मलाई । खुल्लमखुल्ला भईरहेको लुटलाई बेवास्ता गर्दै लुट्न सके लुट कान्छ नेपालमै छ छुट भनेर छोड्नु कति सम्मको लाचारीपन छ भनेर आफै दर्साउछ । कानुनी राज्य, विधि र प्रक्रियालाई आत्मा साथ गरेर सम्पुर्ण लगानीकर्ताको हितमा अगाडि बढ्ने र पुजीबजारलाई दिगो तरिकाले लाने हो भने रास्ट्रबैकको पहली कदमलाई सकारात्मक लिन पनि सकिन्छ, सिमित बर्गको फाईदा हेरेर काम गर्ने हो भने त जे गरेनी छुट छ ।

हालैका घटनालाई नियाल्दै, धितोपत्रबोर्डलाई के अनुरोध गर्दछु भने सबै कम्पनीको भाउउ ह्वात्त बढ्यो मैले हिजो लाख लाख किता किन्न सक्थे (रु ५० लतका) भने ऐले हजारमा झर्नु परेको छ, एउटा गैर चिठिको भरमा मार्केट तलमाथी बनाउन मिल्ने रैछ त्यसैले मिल्ने भय सबै कम्पनीको मूल्य आधी घटाउने ब्यबस्था गर्दिनुस ताकी म फेरि लाख लाख किता उठाउन सकु नत्र भने गैर, बिना अनुसन्धान र तर्कको उजुरीको खन्डन गरेर सबै लगानिकर्ताको मनोबल र पैसाको कदर गर्नुस ।

आम लगानीकर्ता मध्यको पनि एक लगानीकर्ता ।

 

प्रतिक्रिया