काठमाडौं - नेपालमा सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई दुःख दिएको कुरा त सबैले भोगेकै हो तर बिना अनुमति शेयर बेच्ने काम समेत भएको पाइएपछि यसले धेरैलाई चकित बनाएको छ ।
यस्तै बदमासी गर्ने मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ ।
कानून विपरीत लगानीकर्ताको शेयर बिक्री गरेको भन्दै बोर्डले ब्रोकर नम्बर ११ लाई कारबाही गरेको हो । अनुसन्धनका क्रममा ब्रोकरले कानून विपरीत काम गरेको पाइएपछि कारबाही गरेको हो ।
सो ब्रोकरलाई ७५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय समेत भएको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली(२०७५ को दफा १० को ‘ठ’ मा कारोबार सदस्य र लगानीकर्ता बीचमा लिन वा दिन बाँकी रकमबाट सिर्जित दायित्व वा प्रतिफल सम्बन्धी विषयमा उल्लेख भए अुनसार कारोबार गर्नुपर्ने हो ।
दफा १० को ‘ठ’ले लगानीकर्ताको सेयर बिक्री गर्ने विषय, लिने ब्याजदर दुबै पक्षमा सम्झौता पत्रमा उल्लेख हुनुपर्छ भन्ने व्यवस्था छ ।