पेट्रोल र डिजेलको मूल्यमा फेरी नयाँ रेकर्ड


काठमाडौं– डिजेल र पेट्रोलको मूल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाएको हो । 

बुधबार रातीबाट लागू हुने गरी डिजेलको मूल्य लिटरको एक सय ३८ र पेट्रोलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ पुगेको छ । त्यसैगरी, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ लिटरमा १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर दुई सय डलर बढेको छ । आईओसीबाट मूल्य बढेर आए पछि मुल्य वृद्धि गरेको नेपाल आयल निगमका सह–प्रवक्ता पुस्कर कार्कीले बताए । मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमा  चार अर्ब ६६ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।


मूल्य वृद्धि गर्दा भारतको रक्सौलमा भन्दा वीरगन्जमा डिजेल ११ रुपैयाँ ५४ पैसा र पेट्रोल १८ रुपैयाँ ४२ पैसा सस्तो रहेको निगमले जनाएको छ ।।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय