काठमाण्डौ । साताको पहिलो तथा आर्थिक वर्षको समेत पहिलो कारोबारका दिन नेप्से परिसूचक करिव २ अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने विगतको तुलनामा केही घटेको छ ।
आजको हरियालीसँगै समग्र नेप्से २०११ विन्दुमा पुगेको छ । आज २१० कम्पनीहरूको शेयर किनबेच हुँदा १ अर्ब २३ करोडमाथिको शेयर खरिद बिक्री भएको छ ।
कारोबार भएका मध्य ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबैको शेयर मूल्य भने घटेको छ । आज उपर तामाकोसी जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरैको किनबेच भएको छ ।
उपसूचकमा उत्पादन क्षेत्रको उपसूचक सबै भन्दा धेरै बढेको छ भने होटल क्षेत्रको उपसूचक सबै भन्दा धेरै घटेको छ ।