सिवाईसी लघुवित्तको आईपीओ आउँदै, यस्तो छ वित्तीय अवस्था


काठमाडौं–सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।  ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै कम्पनीले प्रक्रिया शुरु गरेको हो ।

उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले धितोपत्र बोर्डमा गत असोज ११ गते निवेदन दिएको थियो । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५० दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आवमा कम्पनीले रू. ३ करोड ४३ लाख २४ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ५ करोड १८ लाख २५ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू.६ करोड १३ लाख ६८ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्नमा टेवा पुगेको हो ।

गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएका कारण सञ्चालन नाफा ऋणात्मक भएको छ । कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ६ करोड २७ लाख २१ हजार छ्ट्याएको छ ।

चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको कम्पनीले जगेडामा रू. ९ करोड ३६ लाख ९४ हजार सञ्चित गरेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १२ करोड १६ लाख ४१ हजार पुग्नेछ ।
 

प्रतिक्रिया