काठमाण्डौ । छठ घाटमा जानेक्रममा गाडीको ठक्करले तीन महिनो शिशु सहित ३ जनाको ज्यान गएको छ ।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका(४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको हो ।
कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइहेको छ ।