शुक्रबार सुनको भाउ स्थिर रहेको छ । चैत ४ गते, सुन बिहीबारकै भाउमा कारोबार हुँदैछ । चाँदीको भाउ भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम रहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य शुक्रबार तोलामा पाँच रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा खरिबिक्री भइरहेको छ ।
बिहीबार, होलीको दिन भने सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको थियो । यस्तै साे दिन चाँदी तोलामा नै २० रुपैयाँले बढेर प्रतितोला एक हजार ३९० रुपैयाँ पुगेको थियाे ।