काठमाण्डौ । परिचय लुकाएर शेयर बजार सँग सम्बन्धीत विचार राखेर चर्चामा आएका शिव चन्द्रले आफ्नो तस्विर सार्वजनिक गरेसँैगै अझ चर्चामा आइरहेका छन ।
उनले पछिल्लो शेयर बजारबारे आफ्नो भनाईहरु सामाजिक सञ्जाल मार्फत ब्यक्त गर्दै आएका छन । उनले शेयर बजार खरिद, बिक्री, नाफा, घाटाको मात्र चक्र नभएको धारणा राखेका छन ।
उनको भनाई छ,गाडीको चार पांग्रा मात्र हो, गन्तव्यमा पुग्न त गाडीको फुल बडी चेकअप अनि राजमार्गको अध्यान, अनुसन्धान त गर्नै पर्यो नि ।