विदेशी सामान आयातमा ब्यापक कटौती,कुन कुन सामान रोकिए ?

काठमाण्डौ । विदेशी विनिमय सञ्चिति घट्दै गएपछि सरकारले विदेशबाट आयात गरिने सामानमा व्यापक कटौती गरेको छ । नेपालले पछिल्लो समय ठुलो व्यापार घाटा झेल्दै आएको छ । यसैलाई कम गर्न विलासी बस्तु आयातमा कटौती गरिएको हो । 


मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल सबै प्रकारका खेलौनाहरु र  खेल्ने तास आयातमा रोक लगाइएको हो । 

सरकारले आगामी असार मसान्तसम्मका लागि उक्त १० वस्तु आयातमा रोक लगाएको जनाएको छ । तर सरकारले चुरोट तथा सुर्तीजन्य वस्तु र कच्चा पदार्थ ल्याउन भने छुट दिएको छ । यस्तै हिराको औद्योगिक कच्चा पदार्थ ल्याउन पनि छुट दिइएको छ । यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि गाडी ल्याउन प्रतिबन्ध लागू नहुने मन्त्रालयले जनाएको छ ।


कूटनीतिक नियोगका अधिकारीलाई भने उक्त १० वस्तु ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार वैशाख १३ गते अघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरूको हकमा पनि यो प्रतिबन्ध लागू नहुने छैन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय