नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ता पहिलो दिन मै मालामाल

काठमाडौं - नेष्डो समृद्ध लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको अब नेप्सेमा कारोबारको लागि बाटो खुलेको छ ।  कम्पनीको पहिलो दिन कारोबार ७४७.१० रुपैयाँमा भएको छ । 

योसँगै कम्पनीका लगानीकर्ताले ६ सय प्रतिशत मुनाफा एकै दिन कमाउन सफल भएका छन् । 

सोमबार पहिलो कारोबार न्यूनतम २६० रुपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ तोकिएको थियो । एनइएसडीओ संकेतमा यसको कारोबार भएको थियो । नेष्डोको चुक्ता पुँजीका आधारमा कायम कुल २५ लाख ५० हजार  कित्ता सेयर सूचीकरण गरिएको हो । 

नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । 

यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय