असिना पानीले किसानको बाली नष्ट 

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमवार तथा मंगलवार परेको असिनाले यहाँका कृषकले लगायका काउली, टमाटर, मुला, प्याज लगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसानहरु चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको छ । असिनाले फुलेर कोसा लागेको तोरीबाली र तरकारीमा निकै क्षति पुर्यायाएको छ । 

 भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासीहरु बताउँछन् । यसैगरी सुन्तला तथा  कागतीका दाना समेत असिनाले झारेको छ ।

प्रतिक्रिया