काठमाडौं । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि हिमालयन हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा १ करोड २६ लाख रुपैयाँ बढीको आवेदन परेको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार आज जेठ ९ गते साँझ ६ बजेसम्म यो आईपीओमा ३५१ आवेदकबाट १ लाख २६ हजार ६७६ कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको हो ।
कम्पनीको आइपीओमा आवेदन दिने छिटो अवधि आज (जेठ ८ गते) सम्म भएपनि यस अवधिमा माग अनुसारको आवेदन नपरे पछि ढिलो अवधि जेठ १६ गतेसम्म आवेदन सक्ने जनाएको थियो । कम्पनीले बैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो ।