काठमाण्डौ । वैदेशिक रोजगारमा गएर वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने नेपालीहरूले आईपीओमा कोटा पाउने भएका छन । यस विषयमा मन्त्रालय तथा नियामक निकायमा छलफल भइरहेको छ ।
कार्यविधि बनाएर विदेशमा रहेका नेपालीहरूको लागि आईपीओमा कोटामा लागू गर्न लागिएको हो । सही बाटोबाट नेपाल पैसा उठाउने नेपालीहरूलाई प्रोत्साहन गर्न ५ प्रतिशत आईपीओ कोटा छुटाउन लागिएको हो । यस अनुसार अब म्युचुअल फन्डलाई जस्तै विदेशमा रहेका नेपालीहरूले पनि छुट्टै आईपीओ भर्न पाउने छन ।
पछिल्लो समय प्राथमिक शेयरमा सर्वसाधारणको निकै आकर्षण देखिएको छ । कम्पनीको शेयरमा ७० गुणा भन्दा धेरै आवेदन समेत परिरहेको छ । विदेशी मुद्रामा खाता खोल्ने गैर आवासीय नेपालीहरू र वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने विदेशमा रहेका नेपालीहरूका लागि यो सुविधा दिन लागिएको हो । चालु आर्थिक वर्षको सुरुवातदेखि नै विदेशबाट भित्रने रेमिट्यान्स घट्ने क्रममा छ ।
मंगलबार बस्ने बैठकमा अर्थमन्त्रालय, राष्ट्र बैंक, योजना आयोगका साथै नेपाल स्टक एक्सचेन्ज प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र नेपाल धितोपत्र बोर्डका अध्यक्ष लगायतले यस विषयमा बुधबार बैठक बसि थप निर्णय गर्ने छन ।