एकै दिन अहिले सम्मकै धेरै १० लाख संक्रमित थपिए,थपिने अधिकांस ओमिक्रोन

काठमाडौं - कोरोना संक्रमण भएको २ वर्षको अवधिमा अहीले सम्मकै धेरै १० लाख ८० हजार संक्रमित थपिएका छन् । यो आंकडा अमेरिकाको हो । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार मात्रै १० लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यसमा अधिकांश नयाँ बिरामीमा ओमिक्रोन भेरियन्ट फेला परेको बताइएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलने क्रम जारी रहँदा आगामी दिनहरूमा अझ तीव्र रूपमा संख्या बढ्दै जाने बताइएको छ ।

 

तर, नयाँ संक्रमित बढिरहेको भए पनि मृत्यु र अस्पताल भर्ना हुनेको दर भने पछिल्ला हप्ताहरूको तुलनामा एकदमै कम रहेको पाइएको छ । 

यद्यपि, अस्पताल भर्ना हुने क्रम विस्तारै तर निरन्तर बढिरहेको जनाइएको छ । यता, यसरी संक्रमण बढिरहँदा पनि स्कुलहरू खुलाएकोमा यति बेला राष्ट्रपति जो बाइडेन सबैतिरबाट आलोचित भइरहेका छन् । 

 

बीबीसी

प्रतिक्रिया