काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाईड्रोपावर कम्पनीलाई स्पष्टिकरण सोधेको छ ।
अरुण भ्याली हाइड्रोपावर कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर अरुण कावेली हाइड्रोपावर कम्पनीको शेयर बिक्री गर्न खोजेपछि बोर्डले स्पष्टिकरण सोधेको हो ।
‘आइतबार अरुण भ्यालीलाई किन, के कारण, कुन ऐन तथा कानूनलाई आधार मानेर अरुण कावेली पावर कम्पनीको सेयर बिक्री गर्न भन्दै सूचना निकालेको हो भनेर स्पष्टिकरण सोधिएको छ,’ बोर्डका एक अधिकारीले भने ‘हामीले यथाशिघ्र स्पष्टिकरण पेश गर्न भनेको छौं, स्पष्टिकरण आएपछि बाँकी काम अघि बढ्ने छ ।’
यो विषयमा बोर्डले गम्भिररुपमा हेरिरहेको र यसले कम्पनीले गर्ने यस्ता खाले कारोबारले निम्त्याउने समस्याका बारेमा पनि उजागर हुने देखिएको छ । त्यसको लागि बोर्ड स्पष्टिकरणको पर्खाइमा रहेको छ । बोर्डले यथाशिघ्र जानकारी गराउनू भनेकोले केही दिनमा नै कम्पनीले जानकारी गराउनेमा आफू आशावादी रहेको उनको तर्क छ ।