काठमाडौं–अटो व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि आजबाट राजधानीमा वार्षिक साधारण सभा सुरु भएको छ । नाडाको नेतृत्वमा पुग्नका लागि दुई जनता समूहगत प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन् ।
आजबाट सुरु भएको साधारण सभामा भोली नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । फोर्स मोटरको अधिकृत बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापा र सुजुकी कारको बिक्रेता सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । दुवै जनाले प्याननल बनाएर चुनावी मैदानमा जाने तयारी गरेका छन् ।
अध्यक्षका पदका उम्मेदवार थापाको प्यानलमा नाडाको वर्तमान कार्यसमितिका आकाश गोल्छा, निराकर श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाषिश थपलिया छन् । त्यसैगरी, अमरज्योति रञ्जित, बिएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान,प्रकाश सिग्देल,रिद्धि कार्की,सगुन बिएस कंसाकार, सञ्जयकुमार खेतान लगायत उम्मेदवार छन् ।
त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणि पाठक, पंकज अग्रवाल,राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निसान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी,गोपाल भट्टराई र गंगाराम भट्टराई रहेका छन् ।
नाडामा कुल ३१ सय ९० सदस्य मतदाता रहेका छन् । नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि चुनाव हुने देखिएको छ ।