चुनाव वैशाखमै हुने संकेत,के शेयर बजारमा उत्साह फर्किएला ?

काठमाडौं -: आउँदै वैशाखमा स्थानिय निकायको चुनाव हुने सम्भावना फेरि बढेको छ । सरकारका मन्त्रीहरुले नै यसको संकेत गरेका हुन । 

 

२०७९ जेठ महिनामा स्थानिय निकायको समयसीमा सकिँदै छ । त्यसैले पनि वैशाखमा चुनाव गर्ने पर्ने वाध्यता छ । निर्वाचन आयोगले वैशाख १४ र २१ गते गरी दुई पटकमा चुनाव गर्न मिति सिफारिस गरेको छ तर सरकारले भने निर्णय गरिसकेको छैन । 

 

नेपाली कांग्रेसमा पनि समयमै चुनाव हुनु पर्ने आवाज चर्को बन्दै गइरहेको छ भने,निर्वाचन आयोगले पनि तातेका गरिरहेको छ । साथै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि यस विषयमा सरकारलाई हिजो पत्र लेख्दै स्थानिय निर्वाचन सयमै गर्न दबाब दिनु भएको छ । 

 

माधव कुमार नेपाल र प्रचण्ड समयमा चुनाव नगर्ने पक्षमा रहेकोमा अहिले भने सोच फेरिएको अर्थमन्त्री समेत रहेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले समेत गरेका छन् । आज बस्ने कार्यदलको बैठक पछि भोलि सम्ममा सरकारले चुनावको निर्णय गर्न सक्ने सम्भावना रहेको छ । 

 

चुनाव र शेयर बाजार

यस अघिका केही चुनाव र शेयर बजारको सम्बन्धलाई हेर्ने हो भने योसको सकारात्मक प्रभाव रहेको छ । प्राय चुनाव घोषणा पछि आर्थिक चहलपल बढ्ने विश्वास लगानीकर्तामा आउँछ । त्यसको प्रभाव खरिद बिक्रीमा समेत पर्ने गरेको छ । 

 

गत पुसमा बजार बढ्नुमा चुनावको मितितय हुने कुरा पनि एक प्रमुख कारण रहेको बताउँदै आइएको थियो । तर सरकार चुनाव सार्ने तयारी गरेपछि पछिल्ला दिन शेयर बजार ओरालो लागेको थियो । यसरी हेर्दा चुनावको मिति घोषणाले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । 

 

शेयर बजारका जानकार र विश्लेषकहरु पनि चुनावी माहोल बढ्यो भने वैशाख सम्ममा नेप्से ३५ सयको विन्दु सम्म पुग्न सक्ने विश्वास यक्त गरेका छन् । 

 

प्रतिक्रिया