काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ३४८१ विरामी थपिएका छन । यो संख्या हिजोको तुलनामा केहि कम हो ।
१६ हजार ६५६ जनामा पीसीआर परीक्षण र एन्टिजेनबाट ५७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टीजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३।४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । १।५ प्रतिशत मृत्यु दर रहेको नेपालमा १० हजार १८० जनाले ज्यान गुमाइसकेका छन् । २४ घण्टामा १ लाख ९५ हजार २११ जनाले खोप लगाएका छन् ।