काठमाडाैं - सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल बिदेश समन्वय परिषद् माल्टामा नयाँ कार्यसमिति चयन भएको छ। संस्थाका अध्यक्षका रूपमा सौरभ दंगाशे चयन भएका छन्। परिषद्को यो तेश्रो विदेश समिति समेत हो ।
नयाँ कार्यसमितिले माल्टामा नेपाली संस्कृतिलाई विशेष योगदान दिने लक्ष्य राखेको छ। यसबारे चर्चा गर्दै दंगाशेले आफूहरूले आगामी दिनमा केही नवीन कार्यहरू गर्ने योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए।
युरोपको सांगीतिक टुरका क्रममा नेपालबाट गएको टिमसँग भेटघाट गर्दै दंगाशेले संस्थाको विधान अध्ययन गरी सहमतिपछि नयाँ कार्यसमिति चयन भएको जानकारी गराएका थिए।
नयाँ कार्यसमितिमा निम्न व्यक्तिहरूले जिम्मेवारी सम्हालेका छन्:
कार्यसमिति पदाधिकारीहरू:
अध्यक्ष: सौरभ दंगाशे
वरिष्ठ उपाध्यक्ष: याम प्रसाद निउरे
महिला उपाध्यक्ष: अनुजा खनाल
उपाध्यक्ष: विकास गुरुङ
महासचिव: प्रकाश ढकाल
सचिव: विष्णु चापागाँई
सहसचिव: सुनिता घिमिरे
कोषाध्यक्ष: राजन चापागाँई
सदस्यहरू: जगत तामाङ, कोपिला तिवारी, सौगात पाण्डे, तबिता क्षेत्री, अनिश सुनार, पवन भण्डारी, बिजय तमाङ, सन्ध्या अधिकारी, सागर बस्याल, सन्दिप सुवेदी।
नयाँ कार्यसमितिको नेतृत्वमा नेपाली संस्कृति प्रवर्धन र संरक्षणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने अपेक्षागरिएको छ।