काठमाडौं - आइएमई जनरल इन्सुरेन्स र प्रुडेन्सियल इन्सुरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्सुरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्सुरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्सुरेन्स रहने सहमती भएको छ ।
मर्जर सम्बन्धी प्रस्ताव दुबै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुई कम्पनीबीच प्रारम्भिक सहमति अनुसार १ः१ स्वाप रेसियोमा मर्ज हुने सहमति भएको छ । बिमा प्राधिकरणले फागुन १७ गते दुबै कम्पनीलाई मर्जरमा जान पूर्व स्वीकृति प्रदान गरेको थियो।
माघ २७ गते दुई कम्पनीबीच एकआपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।