अन्तिम दिन सम्म मध्य भोटेकोशीको शेयरमा कति पर्यो आवेदन ?

काठमाडौं  : मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन परेको छ । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार साँझ सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ अर्ब ४३ करोड ६० लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.१९ गुणा बढी हो । आज यो आइपीओमा आवेदन दिने अन्तिम दिन हो । 

कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । 

प्रतिक्रिया