सिक्लेस हाइड्रोपावर आईपीओ निष्काशन गर्ने

काठमाडौं - दैनिक रुपमा प्राथमिक बजारमा लगानीकर्ताहरु थपिरहेको नेपाली शेयर बजारमा सोही अनुसार आइपीओ पनि निष्कासन भइरहेका छन् । 

यसैबीच सिक्लेस हाइड्रोपावर कम्पनी सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै कार्तिक २९ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया