काठमाण्डौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते देखि निष्काशन गरेको आईपीओमा करिव ५० गुणा बढी आवेदन परेको छ । यो अहिले सम्मै धेरै आवेदन हो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०२ बजेसम्ममा १३ लाख ६१ हजार ३५३ जना आवेदनबाट १ अर्ब ५३ करोड १ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ५३ लाख १ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ८ हजार २९५ कित्ता शेयरको ४९.६३ गुणा बढी हुन आउँछ ।