काठमाडौं । साताको चौथो दिन शेयर बजारमा सुधार देखिएका छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक गरेसँगै त्यसयताको २ कारोबारेको दिन शेयर बजारमा उचालिएको थियो । तेस्रो दिन भारी गिरावट आएको शेयर बजारमा चौथो दिनसम्म आइपुग्दा फेरी सुधार देखा परेको हो ।
शेयर बजारमा लगानीकर्ता लगानी गर्ने अझै पनि डराइ रहेको अवस्था छ । बजार देशको अर्थतन्त्र श्रिलङ्काको मोडमा गइरहेको चर्ची भइरहदाँ शेयर बजारमा केही नकारात्मक सूचक देखा परेको आंकलन विज्ञहरुले गरेका छन् । मौद्रिक नीति पछि शेयर बजार सुधारको आशामा रहेका लगानीकर्ता २ दिन उचालिएको शेयर बजारले खुसी भएक हुन । फेरी मौद्रिक नीतिको तेस्रो दिन गिरावट आएको शेयर बजारमा चौथो दिन भने सुधार आएको छ ।
२ दिन उच्च अकंले शेयर बजार बढेको हुदाँ तेस्रो दिन शेयर बजार घटेको र अब खासै शेयर बजार नकारात्मक तिर नजाने एक जना लगानीकर्ता विज्ञले बताए । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले बढेर २१११.९९ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.८० अकंले घटेर २०८८.१६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार २९८ रुपैयाँको कारोबार भएको थियो ।