काठमाडौंं - सयपत्री हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले असार २ गतेदेखि असार २४ गतेसम्म स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । उक्त आईपीओ बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि बिक्री गरिएको थियो ।
उक्त आईपीओ हिजो सोमबार बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरेको हो । क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।