इन्भेष्टमेन्ट बैंक र मेघा बैंक एक हुने तयारीमा

काठमाडौ - हिमालयन बैंकसँग मर्जर सम्झौता भाडिएपछि नेपाल इन्भस्टमेन्ट बैंकले राम्रो साथी खोजिरहेको बेला मेघा बैंकसँग कुरा मिल्ने देखिएको छ । 

यी दुई बैंक बीच पछिल्ला केही दिन व्यापक छलफल भइरहेको छ भने छलफल समेत सकारात्मक भएको छ । 

इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ। इन्भेस्टमेन्ट बैंकको एक सेयर बराबर मेगा बैंकको एक सेयर नै हुने गरी स्वाप रेसियो तय भए त्यसपछि बन्ने बैंक नेपालकै सबभन्दा ठूलो हुनेछ।

यी दुई बैंकको एक बराबर एक स्वाप रेसियो कायम भए चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्नेछ। स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदन (ड्यु डेलिजेन्स रिपोर्ट) ले गर्नेछ।

मर्जर सम्भव भए त्यसपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्नेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय