कमल राज ढकाल । चितवनको कालिका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिरेन्द्र तामाङ को अध्यक्षता मा सरसफाई तथा चेतनामुलक अभियान सुरु भएको छ । वडालाई सरसफाईमा नमुना वडा बनाउने उद्देश्यले टोल विकास संस्था परिचालन गरी सरसफाई अभियान सुरु गरिएको हो ।
विहीबार सो नगरपालिकाका मेयर विनोद रेग्मीले वडा कार्यालयको आयोजित एक औपचारिक कार्यक्रमका बीच अभियानको सुरुवात गरेका छन् । सो अबसरमा उनले आगामी आर्थिक बर्ष २०८०/८१ बाट फोहोर व्यवस्थापनको काम सुरु गर्ने योजना अनुरुप प्रक्रिया सुरु भइसकेको बताए ।
पदमपुर क्षेत्रमा रहेको सार्वजनिक जग्गामा डम्पिङ साइड राख्ने गरी प्रस्ताबना लेखनको काम भइरहेको भन्दै उनले घरबाट निस्कने कुहिने फोहोरलाई जैविक मलको रुपमा प्रयोग गर्ने र प्लाष्टिक र सिसाजन्य फोहोरको मात्र व्यवस्थावन गर्ने गरी योजना सञ्चालनको तयारीमा नगरपालिका रहेको मेयर उनले बताए । मेयर चढ्ने गाडी खरिदको लागि निवियोजित बजेटलाई फोहोर संकलनको लागि प्रयोग हुने ट्याक्टर,टेलर र ट्याङकर खरिद गर्ने गरी योजना संसोधन गरिएको मेयर रेग्मीले बताए ।
विगतमा स्थान अभावका कारण फोहोर संकलन र व्यवस्थापनको काम हुन नसकेको भन्दै मेयर रेग्मीले दीर्घकालिन योजना अनुरुप आगामी आर्थिक बर्षबाट फोहोर व्यवस्थापनको काम सुरु हुने बताए । प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्यायले फोहोर व्यवस्थापनको लागि प्रदेश सरकारबाट एक करोड ५० लाख रुपैया विनियोजन भएको बताए । हामी योजना सुरु गर्दैछौं उनले भने ग्रामिण क्षेत्रमा अबस्थित नगरपालिका भएका कारण यहाँको तरिका अन्यको भन्दा फरक हुन सक्छ ।
फोहोरको बर्गीकरण गरी कुहिने फोहोरलाई घरबाटै नउठाउने र त्यसलाई जैविक मल बनाउने, प्लाष्टिकजन्य फोहोर संकलन गरी व्यापारिलाई विक्री गर्ने र सिसाजन्य फोहोरलाई जमिनमुनी गाड्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए । सो वडामा ११ वटा टोल विकास संस्था रहेका छन् । एक दिनमा दुई वटा टोल विकास क्षेत्रका सरसफाई गर्ने गरी कार्यतालिका बनाइएको छ ।
सम्बन्धित टोल विकास संस्थाको नेतृत्वमा जथाभावि फालेका प्लाष्टिक र सिसा संकलन गरी व्यवस्थापन गर्ने गरिने छ । आफ्नो ठाउँ आफै बनाऔं भन्ने मान्यताका साथ टोल विकास संस्था परिचालन गरी सरसफाई अभियान सुरु गरिएको वडाध्यक्ष बीरेन्द्र तामाङले बताए ।
अझ बाट हरियाली, ब्रह्म, आर्दश, दिपज्योति टोल विकास संस्थाको सेवा क्षेत्रमा फोहोर संकलन र सरसफाई गरिएको वडा सचिव प्रदिप खरेलले जनाकारी दिए । एघार ओटा टोल बिकास संस्थामा सरसफाइ अभियान सुरु गर्दै २३ गते सम्म सञ्चालन हुने उनले जानकारी दिए ।