काठमाडौं । म्याग्दीमा आज बिहान गएको पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका– २ रुमको तामिङमा पहिरोले घर बगाउँदा २ जनाको मत्यु भएको र ३ जना बेपत्ता भएका छन् ।
घामबहादुर विक र गोठ विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् ।
घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । बेपत्ताको खोजी भईरहेको छ ।