काठमाडौं - धितोपत्र बोर्डमा नयाँ प्रमुख आएपछि प्राथमिक शेयरको निर्णय भटाभट हुन थालेका छन् । असर महिनामा मात्र ४ कम्पनीले आइपीओ निष्कासन गरेका छन् भने त्यो क्रम साउनमा पनि निरन्तर चल्ने भएको छ ।
यसैबीच नेपाल धितोपत्र बोर्डले अभियान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको लागि अनुमति दिएको छ ।
अभियानले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको हो ।
अभियानको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने मुक्तिनाथ क्यापिटल रहेको छ ।