• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय

भयानक पहिरो,दर्जन गाडी पुरिदा १० जनाको ज्यान गयो

काठमाण्डौ - भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरो खस्दा १० जनाको ज्यान गएको छ । अहिलेसम्म १४ जना घाइतेको उद्धार गरिएको छ । त्यहाँको राष्ट्रिय राजमार्ग पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सडकमाथिको पहाड खस्दा यस्तो हताहती भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । पहिरोमा गाडीसहित केही यात्रु पुरिएको आशङ्का गरिएको छ । पहिरो गएको जानकारी पाउना साथ राहत र उद्धारको टोली खटिएको त्यहाँको प्रशासनले जनाएको छ ।

पहिरो पछि पनि ठूला ढुङ्गा खसिरहेकाले उद्धारमा केही कठिनाइ भएको छ । हिमाञ्चल प्रदेशका मुख्मन्त्री जयराम ठाकुरले पहिरोमा पुरिएकाहरुको उद्धारका लागि हरसम्भव प्रयास गरिने बताउनु भएको छ ।  

प्रतिक्रिया