लामो समयपछि शेयर बजारमा हरियाली तर लगानीकर्ता भने छैनन् ढुक्क

काठमाण्डौ । अघिल्लो हप्ता कारोबार दिनमा पुरै घटेको नेप्से परिसूचक आज भने बन्द हुने बेलामा एक्कासि बढेको छ । नेप्सेमा हरियाली छाए पनि कारोबार रकममा भने खासै सुधार हुन सकेको छैन । 

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक करिव १८ अङ्कले बढेर समग्र बजार २२५६ विन्दुमा पुगेको छ भने एक अर्ब ३२ करोड भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । आज नेप्सेमा कारोबार भएका २३३ कम्पनीहरूमा १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ ।  

आज नेप्सेका सूचकहरू हरियाली भएका छन भने उपसूचकमा बैंक र माइक्रो फाइनान्स भने घटेका छन । नागरिक लगानी कोषको शेयर सबै भन्दा धेरै रकमको कारोबार हुँदा जाल्पा लघुवित्तको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । 

नेप्सेमा आज एक्कासि आएको हरियाली प्रति भने लगानीकर्ता सशंकित रहेका छन । हप्ताको पहिलो कारोबार दिन नेप्से बढ्दा आशावादी भए पनि अहिलेको देशको अर्थतन्त्रको अवस्थाले गर्दा यो दीर्घकाली हुनेमा शंका रहेको लगानीकर्ताको बुझाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय