काठमाडौंं - सुदूरपश्चिममा भूकम्पको धक्का गरेको छ। आज अर्थात शनिबार राति ८ बजेर १२ मिनेटमा सुदूरपश्चिमका अधिकांश क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको हो।
बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।चिसो समय भएका बालबालिका देखि बृद्धि अहिले खुल्ला आकाशमुनि आगो ताप्दै गरेको भिडियो फोटोले समाजिक सञ्जाल भरिएको छ ।
बुधबार डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् ।
२८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् ।