काठमाडौं– चर्चित कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ। उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो।
फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उनलाई केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।
परिवारिक स्रोतका अनुसार, सरस्वती कार्कीको आजै बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ।
आज विपिन कार्कीको जन्मदिन पनि हो, तर यो विशेष दिनमा उनले आफ्नी ममतामयी आमालाई गुमाएका छन्।