काठमाडौं - तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, दिउँसो १ बजेसम्म १४ जनाको शव निकालिएको छ भने १६ जना घाइतेको उद्धार गरिएको छ। पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको थियो। बसमा ४३ जना सवार थिए।
घटनास्थल भिरालो भएकाले उद्धारकर्मीहरूले डोरीको सहायताले बससम्म पुगेर उद्धार कार्य गरिरहेका छन्।