डोजरले पल्टाएको ढुङ्गा गाडीलाई लाग्दा तीन जनाको ज्यान गयो 

काठमाण्डौ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा  खसेको ढुंगाले गुँडिरेहेको बोलेरोलाई किचेको छ । 

करिब डेढ सय मिटर माथिबाट झरेको ढुंगाले किचेर बोलेरोमा सवार ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ घर भएका युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ घर भएका हेम बहादुर मगर छन् । निशंखे भञ्ज्याङबाट सदरमुकाम आउँदै गरेको को १ज ३५६९ नम्बरको बोलेरोमा ६ जना सवार थिए । 

दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते दुईजनालाई उपचारका लागी काठमाडौं पठाइएको र एकजनाको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए । 

प्रतिक्रिया