काठमाडौं– पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढेको छ । पेट्रोलको मूल्य बढेर लिटरको एक ४५ रुपैयाँ पुगको छ । यो अहिलेसम्मकै धेरै मूल्य हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने पेट्रोल, डिजेलमा प्रति लिटर तीन–तीन रुपैयाँ बढेको आयल निगमले जनाएको छ ।
डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । आगामि १५ दिनको घाटा २ अर्ब १५ करोड ४३ रुपैयाँ रहेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीले बताए ।
मूल्य बढाउँदा पनि निमगलाई पेट्रोल लिटरमा १६ रुपैयाँ ५९ पैसा, डिजेलमा १२ रुपैयाँ ९८ पैसा, ग्यास सिलिन्डरमा पाँच सय ६० रुपैयाँ ७४ पैसा घाटा रहेको निगमले जनाएको छ ।